काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
मंगलबार सुनको मूल्य तोलामा चार हजार नौ सय रुपैयाँ वृद्धि भएको हो ।
मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४६ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सोमबार सुनको भाउ प्रतितोला दुई लाख ४१ हजार पाँच सय रुपैयाँमा रहेको थियो ।
सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार असली चाँदीको मूल्य सामान्य बढेको छ ।
सोमबार प्रतितोला तीन हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।





