मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ९ माष्टरचोकमा आइतबार बिहान बसले ठक्कर दिँदा एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुवाहक बसले पैदल यात्रीलाई ठक्कर दिएपछि उनको मृत्यु भएको हो।
मृतक रुपन्देहीको देवदह नगरपालिका-८ निवासी ३७ वर्षीय रामबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
उनका अनुसार बसले माष्टरचोक नजिकै बाटोक्रस गर्दै गरेका बोहरालाई ठक्कर दिएको थियो।
चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएकाे छ ।





