पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि आइतबार दिउँसो गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।
देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी र कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।




