पाेखरा । बर्दियामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका वडा नं ७ गुलरिया गाउँका ३० वर्षीय विकास यादव छन् ।
दुर्घटनामा मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी घाइते भएका छन् ।
दुर्घटनामा परेका दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो ।
थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
घाइते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए ।
राजापुरदेखि गुलरियातर्फ आउँदै गरेको लु.प्र.०३००१ प ४१५७ नं को मोटरसाइकल हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका वडा १० जोगीपुरस्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।





