Nidan Media

आज गण्डकी र कोशी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि शनिबार दिउँसो गण्डकी र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ ।

देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी र कोशी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.