काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले ’यथार्थको नेपाल’ निर्माणका लागि हरेक योग्य नागरिकलाई मतदाता परिचय पत्र बनाउन आह्वान गरेकी छन्।
शुक्रबार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभूत साधनहरू विवेक र मतदान भएको बताएकी छन्।
उनले समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउनका लागि सबैभन्दा पहिला मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताइन्।
उनले हरेक योग्य नागरिकलाई आफ्नो विवेक प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि सही प्रतिनिधि बन्न आग्रह गरेकी छन्।
उनले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्नका लागि नजिकैको निर्वाचन कार्यालय गएर तत्कालै मतदाता परिचय पत्र बनाई मताधिकारको सदुपयोग गर्न पनि आग्रह गरेकी छन्।





