पोखरा । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीबार छ सय रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार छ सय रुपैयाँले बढेर एक तोलाको दुई लाख ३८ हजार चार सय कायम भएको छ ।
बिहीबार प्रतितोला सुनको मूल्य दुई लाख ३७ हजार आठ सय पुगेको थियो ।
सुनको मूल्यसँगै चाँदीको पनि मूल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको तीन हजार २० रुपैयाँ पुगेको हो ।
दशैँ तिहार अघिसम्म सुनको भाउ निरन्तर बढे पनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ ।





