Nidan Media

नेप्से परिसूचक घटे पनि कारोबार रकम बढ्यो

काठमाडौंँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११दशमलव२९ अंक घटेर २५९६दशमलव१२ विन्दुमा झरेको छ । यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७दशमलव४२ बिन्दुमा राकिएको नेप्से बिहीबार घटेर बन्द भएको हो ।

सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमशः २दशमलव०८, ०दशमलव८१ र ०दशमलव७६ अंकले घटेका छन् ।

यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा बिहीबार ३२० स्टकको ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ६८ हजार १४६ कित्ता शेयर कारोबार भएको छ ।

बिहीबारको बजारमा पहिलोदिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२दशमलव४० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२दशमलव७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३दशमलव२० रुपैयाँमा झरेको छ ।

यसदिन शिवम सिमेन्ट, राधि जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहको गिरावटदर पनि १ प्रतिशतभन्दा कम छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.