Nidan Media

आज बढ्यो सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा छ सय र चाँदीको २० भाउ बढेको छ ।

मूल्य बढेसँगै बिहीबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ३७ हजार आठ सय रुपैयाँ तय भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ३७ हजार दुई सय रुपैयाँमा रहेको सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउ प्रतितोला दुई लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

यता, बुधबार प्रतितोला दुई हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको असली चाँदी बिहीबार तीन हजार १० रुपैयाँ कायम भएको छ ।

असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च तीन हजार तीन सय ५० रुपैयाँ पुगेको रेकर्ड छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.