Nidan Media

राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै

पोखरा । चार दिने कतारको भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज अपराह्न स्वदेश फर्कदै छन् ।

कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उनी कात्तिक १७ गते कतारको राजधानी दोहा पुगेका थिए ।

राष्ट्रपति पौडेलले गत मंगलबारस म्मेलनको मुख्य सत्रलाई सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्च स्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए ।

पौडेलले गत तीन दशकमा उल्लेखनीय प्रगति हासिल भए तापनि सामाजिक विकासका क्षेत्रमा धेरै समस्या र चुनौती कायमै रहेको बताएका थिए ।

गरिबी निवारण, सामाजिक समावेशीकरण, समृद्धि र दिगो विकास लोकतन्त्रका आधारस्तम्भ भएको उनले बताएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.