पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको अन्तिम खेलमा नेपालले युएई सामू दुई सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर नेपालले पहिले ब्याटिङ गर्ने अवसर पाएको नेपालले ९ विकेटको क्षतिमा पूरै ओभर खेलेर २३९ रन बनाउन सफल भएको हो ।
भिम शार्कीले ४८ तथा कुशल मल्लले ४५ रन बनाए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।
यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।
यो स्पर्धामा सान्त्वना जित हात पार्ने नेपालको लक्ष्य छ। यो त्रिकोणात्मक सिरिजमा अमेरिका, नेपाल र यूएई सहभागी छन् र आजको खेल अन्तिम हो।
यसअघिका तीन–तीन खेलमध्ये नेपाल सबै खेलमा पराजित भएको छ भने यूएई एक खेलमा विजयी भएको छ।




