Nidan Media

रवि लामिछानेलाई सिंहदरबार ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबारमा ल्याइएको छ ।

भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्ने बनेको जाँचबुझ आयोगले बयानका लागि उनलाई सिंहदरबारस्थित कार्यालयमा झिकाएको हो ।

सरकारले भदौ २४ र २४ गतेको घटना छानविनका लागि पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

लामिछाने जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते जेलबाट बाहिर निस्किएका थिए । लामिछाने जेलबाट बाहिर निस्किएपछि धेरै कैदीबन्दीलाई भाग्नका लागि प्रेरणा मिलेको सरकारको आँकलन गरेको छ ।

लामिछाने सहकारी ठगी प्रकरणको मुद्दाको पुर्पक्षको क्रममा थुनामा छन् ।

नख्खु कारागारमा रहेको बेला असुरक्षाको कारण देखाउँदै उनलाई बाहिर निकालिएको थियो ।

नख्खु कारागारबाट बाहिर निस्किएका लामिछाने परिस्थिति सामान्य भएपछि आफैं कारागार फर्किएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.