तनहुँ । तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका वडा नं ५ बाहुनभञ्ज्याङका ५८ वर्षीय खुशीमान गुरुङ छन् ।
सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवन गरेर खुशीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए ।
सो क्रममा गम्भीर घाइते भएका खुशीमानको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ ।
कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।





