काठमाडौँ। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली समयअनुसार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने यो स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य रहेको छ।
यो सिरिजमा अमेरिका, नेपाल र युएई सहभागी छन् र आजको खेल अन्तिम हो। यसअघि दुवै टोलीले तीन-तीन खेल खेलिसकेका छन्। नेपाल सबै खेलमा पराजित भएको छ भने युएई एक खेलमा विजयी भएको छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, कुशल मल्ल, मोहम्मद आसिफ शेख, अनिलकुमार साह, भीम सार्की, साहब आलम, ललित नारायण राजवंशीलगायतका खेलाडीहरू छन्।




