Nidan Media

पश्चिमी वायुको प्रभावः गण्डकीसहित चार प्रदेशमा वर्षा र हिमपात हुने

पोखरा । नेपालमा अझै पनि पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति गण्डकी र बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपात तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.