तनहुँ । तनहुँमा माछा मार्नेक्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका वडा नं १ का २८ वर्षीय अमित सुयाल छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति ११ः४५ बजे ४० वर्षीय रामबहादुर घर्ती, निजका दाइ ५४ वर्षीय शुक्र घर्ती र २८ वर्षीय अमित सुयालले रामबहादुर घर्तीको घरबाट बिजुलीको प्लगमा तार जोडी छाब्दीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा अमितलाई एक्कासि करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा उपचारकै क्रममा मंगलबार बिहान १२ः३० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
				
															



