Nidan Media

जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौँ । सुन तस्करी प्रकरणमा संलग्न मष्टा ग्रुप प्रालिका सञ्चालक जीवन चलाउनेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएकाे छ ।

सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

अनुसन्धानमा उनले अवैध सुन तस्करीबाट प्राप्त रकम प्रयोग गरी झापा, काठमाडौँ, रौतहट र काभ्रेपलाञ्चोकमा ३२ कित्ता जग्गा खरिद गरेको देखिएको छ ।

अभियोगपत्र अनुसार, कुल दुई अर्ब सात करोड रुपैयाँभन्दा बढी रकम उनले अवैध स्रोतबाट शुद्धीकरण गरेको पुष्टि भएको छ । उनको सम्बन्ध बेल्जियम नागरिक दावा छिरिङसँग पनि देखिएको छ ।

साउन ३ गते राजस्व अनुसन्धान विभागले मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाइएको सुन बरामद गरेको थियो ।

पछि अनुसन्धानलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जिम्मा दिइएको र तीन सय दुई किलो सुन तस्करी भएको निष्कर्षमा पुगेको थियो ।

यस प्रकरणमा दावा छिरिङ, जीवन चलाउनेसहित २९ जनाविरुद्ध सुन भन्सार चोरी, पैठारी र संगठित अपराधसम्बन्धी मुद्दा दायर गरिएको छ ।

समितिले अनुसन्धानमा संलग्न केही प्रहरी अधिकारीको कारबाही र केही राजनीतिक तथा विदेशी सम्बन्धित व्यक्तिविरुद्ध पनि मुद्दा सिफारिस गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.