Nidan Media

आज पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

पोखरा । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जसको प्रभावले मंगलबार दिउँसो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसबाहेक, अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा-हिमपात हुन सक्छ । तराई क्षेत्रतर्फ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आज राति गण्डकी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.