Nidan Media

आज श्रीगणेशको प्रिय दिनमा तपाईंको राशिफल कस्तो होला ?

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ कात्तिक १८ गते मंगलबार, इस्वीसंवत नभेम्बर ४ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिकशुक्लपक्षको चतुर्दशी तिथि रातिमा ९ः३३ मिनेटसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ । नक्षत्रमा रेवति बिहानमा ११ः५१ बजेसम्म त्यसपछि अश्विनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा वरियान २४ घटि ३३ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २७ घटि २६ पला अर्थात ११ घण्टा १ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः१७ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः१६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय दिनमा ४ः१३ बजे र अस्ताउने समय रातिमा ४ः३६ बजे रहेको छ ।

आजको राशिफल

मेषः आज समय ठीक छैन । जे काम गर्न खोज्यो बाधामात्रै पर्न सक्नेछ । काम गर्ने वातावरण पनि राम्रो नमिल्ने, जता गयो काममा ढिलासुस्ती तपाईंको मन पनि अस्थिर भइरहने छ । आँटेका र शुरू गरेका काम थोरै पूरा हुने, धेरै अधूरा रहने देखिन्छ । नयाँ व्यवसायमा ठूलो लगानी नगर्नु नै वेस हुनेछ । आज जे काम गर्दा पनि विशेष सतर्क हुनुपर्ने देखिन्छ । आज टाढाको यात्रा सकभर नगर्दा नै राम्रो हुनेछ । स्वास्थ्य पनि त्यति सबल नरहने र मनमा उत्साहको कमी हुनेछ । आज लेनदेन गर्दा आफूलाई घाटा हुन सक्ने भएकाले विचार पुर्याउन आवश्यक देखिन्छ ।

वृषः आज समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिने देखिन्छ । नोकरी गर्नेका लागि राम्रो मौका आउन सक्ने देखिन्छ । व्यवसाय गर्नेले राम्रो नाफा कमाउन सक्छन् । स्वास्थ्य राम्रो रहनुका साथै पारिवारिक सद्भाव कायम रहनेछ । जग्गा जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीबाट फाइदा राम्रै पाइने देखिन्छ । धार्मिक कार्यक्रममा दिन बित्नेछ । पुराना इष्टमित्र भेट हुनेछन् । आज विद्यार्थीको पढाई पनि राम्रो हुन सक्ने दिन रहेको छ । आजको दिनमा शेयर बजारको क्षेत्रबाट पनि राम्रो लाभ लिन सकिन्छ ।

मिथुनः आज समय मध्यम खालको छ । स्वास्थ्य मजबूत रहनेछ । आँटेका काम सबै पूरा नभए पनि हतासको अनुभव नगर्नुहोला । व्यवसायबाट राम्रो नाफा आर्जन हुन सक्छ भने साझेदारी कामबाट विशेष फाइदा हुन सक्छ । आज पति वा पत्नीको सहयोगले महत्वपूर्ण काम सम्पन्न हुनेछ । पारिवारिक जीवन र प्रेम जीवनमा समझ्दारी र विश्वास कायम सक्छ । आज विद्यार्थीको पढाईमा प्रगति हुन सक्छ । आज दिनमा २ बजेपछि ठूलो लगानी गर्नु जोखिमपूर्ण छ । तत्काल पेशा परिवर्तन, ठूलो लगानी, कसैलाई नगद पैसा दिने काम नगर्नु नै वेश हुनेछ । पेट दुख्ने तथा चोटपटक लाग्न सक्ने भएकाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ ।

कर्कटः आज समय खराब रहनेछ । घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्ना भन्नेले तपाईंको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइलेखाई सुस्त गतिमा अघि बढ्नेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुनेछ । स्वास्थ्यमा आकस्मिक खराबी आउन सक्ने, औषधि उपचार गरेर पनि छिटो स्वास्थ्य सुधार नहुने देखिन्छ । राजनीतिकर्मीका लागि अन्य दिन भन्दा आजको समय मध्ययम रहेको छ । कृषि, सहकारी तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ ।

सिंहः आज समय शुभ छैन । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचित व्यक्तिको विश्वास गर्नाले धोका पाईनेछ । स्वास्थ्यमा समस्या आउनाले उपचार खर्च बढ्नेछ । न्यायालयसँग सम्वन्धित काममा आज अलमल हुनेछ भने न्यायिक निर्णय तपाईँको पक्षमा नआउन सक्छ, ध्यान दिनुहोला । सरकारी कार्यालयबाट लिने काम बन्ने छैन । पढाइलेखाइमा प्रतिस्पर्धी नै हावी हुनेछन् । आश्रित कर्मचारी, आफ्ना छोराछोरी पनि तपाईंको पक्षमा देखिंदैनन् । आज सबै काममा सावधानी राख्नु नै बेस हुनेछ ।

कन्याः आज समय राम्रो रहनेछ । पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरीको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाइबाट सहयोग पाईने हुनाले आँट तथा साहस गरी लगानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्यमबाट रुढिवाढी परम्परालाई चिरफार गर्न सकिने छ । लेखन कलाको माध्यमबाट अन्धविश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईंको सक्रिय भूमिका रहने छ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिने छ । प्रेममा रमाउन चाहनेका लागि समय राम्रो रहेको छ । मनमा उत्साह बढ्ने छ । नयाँ जागीर खाने ईच्छा भएमा प्रयास गरेमा सफलता मिल्ने देखिन्छ ।

तुलाः आज स्वास्थ्य राम्रो रहनेछ । व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरीको योग रहेकोछ । रमाइलो वातावरण समय व्यतित गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धिमूलक काम गर्न सकिनेछ । बौद्धिकताको प्रयोगमार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । हितैषीबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । गीत, संगीत, साहित्यलगायत सांस्कृतिक कार्यक्रममा जाने निम्ता पनि पाइनेछ । धेरै मित्र भेट्न पनि पाइने छ ।

वृश्चिकः आज समय खराब छ । राजनीति तथा सामाजिक काममा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । विरोधीहरूको सक्रियता बढ्ने हुँदा काम गर्दा ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारीसाधनको कारोबार गर्दा पनि ध्यान दिनुहोला । आहारविहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । पेट दुख्ने तथा शरीरको कुनै भागमा चोट लाग्ने सम्भावना देखिन्छ । गाडी र मोटरसाइकल चलाउँदा पनि विशेष ख्याल गर्नुहोला । दैनिक खर्च बढ्ने तथा आर्थिक व्यवस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । धनमाल हराउने अथवा चोरी हुन सक्ने भएकाले आज टाढाको यात्रामा विशेष ध्यान दिन आवश्यक देखिन्छ । आज तपाईंको हातबाट कारोबार पनि नगर्नुहोला ।

धनुः आज समय अत्यन्तै खराब छ । भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाल चिन्ता बढ्न सक्छ । पारिवारिक असमझदारीले पनि चिताएको काममा बाधा उत्पन्न हुनेछ । तापनि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला । आफन्त तथा साथी भाईसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनेछ । लामो दुरीको धार्मिक प्रतिष्ठान तथा मन्दिर दर्शनका लागि यात्राको तय गर्न पनि सकिनेछ ।

मकरः आज तपाईंको स्वास्थ्य मध्यम खालको रहनेछ । सरकारी तथा प्रशासनिक काममा सम्मानजनक उपस्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजना बनाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्ययनमा प्रगति भएर जानेछ । प्रेम तथा मित्रताको गाँठो कसिलो भएर जानेछ । सन्तुलित भोजन र शारीरिक व्यायाम भएमा स्वास्थ्य ठीकठाक रहनेछ । नौलो ठाउँ, नौला व्यक्तिसँगको भेटघाटले मनमा प्रशन्नताको अनुभव हुनेछ । लगानीका लागि आवश्यक पर्ने पैसाको मेलोमेसो जुट्नेछ । आज टाढाको यात्रा सहज हुने देखिन्छ । मिष्ठान्न भोजनसमेत मिल्ने देखिन्छ । सरकारी काम सफल हुनाले आज तपाइँको मन प्रशन्न हुनेछ ।

कुम्भः आज समय खराब रहनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला । आज नराम्रा घट्ना हुन सक्छन् । घर परिवार तथा दिदीबहिनीसँग मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला । नत्र स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् त्यसैले आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । आज काम शुरूआत नगर्नु नै बेस हुनेछ । खानपानमा विशेष सतर्क हुनुहोला । आज आफैले गरेका काम आफैलाई चित्त नबुझेको अनुभूति हुने ग्रहगोचर देखिन्छ ।

मीनः आज समय शुभ रहनेछ । पदीय प्रमोसन अथवा पैसा परिश्रम अनुसारको हात पर्ने समय छ । नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ । सामाजिक तथा राजनीतिक कार्यमा लाग्नेलाई पनि विशेष फाइदा हुनेछ । भूमि तथा चल-अचल सम्पत्ति जोड्ने समय छ । परिवारमा सुख-समृद्धि बढ्नेछ । तर स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ । उद्योगतर्फ मर्मत सम्भारमा खर्च बढ्नेछ भने व्यापार-व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ । समय शुभ रहे तापनि घरमा चोरी हुनबाट जोगाउनु होला, टाढाको यात्रामा पनि विशेष ध्यान दिनुहोला ।

साहित (यात्रा): सूर्य तुला राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ६ः१६ बजेदेखि ७ः३९ बजेसम्म रोग बेला
बिहान ७ः३९ बजेदेखि ९ः०१ बजेसम्म उद्धेग बेला
बिहान ९ः०१ बजेदेखि १०ः२४ बजेसम्म चर बेला
बिहान १०ः२४ बजेदेखि ११ः४७ बजेसम्म लाभ बेला
दिनमा ११ः४७ बजेदेखि १ः०९ बजेसम्म अमृत बेला
दिनमा १ः०९ बजेदेखि २ः३२ बजेसम्म काल बेला
दिनमा २ः३२ बजेदेखि ३ः५५ बजेसम्म शुभ बेला
दिनमा ३ः५५ बजेदेखि ५ः१७ बजेसम्म रोग बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ५ः१७ बजेदेखि ६ः५५ बजेसम्म उद्धेग बेला
साँझ ६ः५५ बजेदेखि ८ः३२ बजेसम्म चर बेला
राति ८ः३२ बजेदेखि १०ः१० बजेसम्म लाभ बेला
राति १०ः१० बजेदेखि ११ः४७ बजेसम्म अमृत बेला
राति ११ः४७ बजेदेखि १ः२४ बजेसम्म काल बेला
राति १ः२४ बजेदेखि ३ः०२ बजेसम्म शुभ बेला
रातिमा ३ः०२ बजेदेखि ४ः३९ बजेसम्म रोग बेला
रातिमा ४ः३९ बजेदेखि ०६ः१७ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.