Nidan Media

दुर्गाफाँटमा तीन जना सवार मोटरसाइकल दुर्घटना: दुईको मृत्यु, एक गम्भीर

अर्घाखाँची । अर्घाखाँचीमा सोमबार साँझ तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थललमै ज्यान गएको छभने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विक छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवस जिसीका अनुसार मोटरसाइकलको पछाडि सवार २५ वर्षीय सन्तोष घर्तीको गुल्मीको खज्र्याङमा रहेको अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

जिल्लाको पाणीनी गाउँपालिका वडा नं ३ दुर्गाफाँटमा उनीहरू सवार ना३६प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.