पाेखरा। पाँचथरमा आफ्नै बाबुकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय सन्देश राई छन् ।
याे घटना हिलिहाङ गाउँपालिका वडा नं १ फेदापकाे हाे । आइतबार बिहान घरायसी विवादमा सन्देश ६९ वर्षीय युवराज राईमाथि काठको मुग्रो प्रहार गरेका थिए ।
काठको मुग्रो प्रहारबाट ढलेका युवराजकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देशलाई घटनास्थलमै पक्राउ गरेको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइएको छ भने हत्यामा संलग्न सन्देश राईमाथि आवश्यक कानूनी प्रक्रिया र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
				
															




