पोखरा। सुक्खा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालन भएकाे छ । राजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नं ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो।
सडक विभागको उपकरण प्रयोग गरी पहिरो पन्छ्याएपछि गएरातिदेखि नै सडक दुईतर्फी सञ्चालनमा आएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
प्रहरीले बर्षा अझै नराेकिएकाले सावधानीपूर्वक राजमार्गमा यात्रा गर्न अनुराेध गरेकाे छ।
				
															




