पोखरा । आफगानिस्तानमा सोमबार बिहानै शक्तिशाली भूकम्प गएको छ ।
उत्तरी अफगानिस्तानको हिन्दकुश क्षेत्रमा ६दशमलव३ म्याग्निट्युडको शक्तिशाली भूकम्प गएको बताइन्छ ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजिएस) का अनुसार मजार-ए-शरीफ नजिकको खोल्म क्षेत्रमा सोमबार बिहान भूकम्प गएको हो।
भूकम्पको गहिराइ करिब २८ किलोमिटर मापन गरिएको छ। राजधानी काबुलसहित आसपासका क्षेत्रमा पनि यसको धक्का महसुस गरिएको छ।
अहिलेसम्म कुनै जनधनको क्षतिबारे आधिकारिक विवरण प्राप्त नभएको सञ्चारमाध्यमले जनाएको छ ।
स्थानीय प्रशासनले आपत्कालीन सम्पर्क नम्बर सार्वजनिक गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
गत दुई महिनाअघि पूर्वी अफगानिस्तानमा आएको ६ म्याग्निट्युडको भूकम्पमा दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। एजेन्सी
				
															




