Nidan Media

नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकार स्थापना गर्न दुर्गा प्रसाईको अपील

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रासाईले सबै नेपाली नागरिकलाई राष्ट्रियता जोगाउने, देशप्रेम र जागरुकतासँग अघि बढ्न अपिल गरेका छन् ।

उनले नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको स्पष्ट पारे । राष्ट्र र राष्ट्रियताप्रति खतरनाक गतिविधिमा संलग्न एनजीओ र आइएनजीओको भण्डाफोर गर्दै आम नेपाली जनतालाई उनले सचेत गराएका छन् ।

यदि यस गिरोहले आत्मसमर्पण नगरेमा आगामी भिडियोमा थप कडा भण्डाफोर हुने र उनले यो अभियानमार्फत नेपाली भूमिको संरक्षण र राष्ट्रियतामूलक सरकारको स्थापना गर्न लक्ष्य राखेको बताए ।

उनले विगत तीन वर्षदेखि यस्ता गतिविधि सार्वजनिक गर्दै आएका थिए र अहिले थप प्रमाणसहित उनले आइतबार एक भिडियो सावर्जनिक गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मलेन गर्दै प्रसाईले उक्त भिडियो सावर्जनिक गरेका हुन् । जसमा उनले भनेका छन् कि विभिन्न एनजीओ र आइएनजीओहरूले विदेशी फन्डिङको प्रयोग गर्दै समाजमा भ्रम, विभाजन र भ्रष्टाचारको बिजारोपण गरिरहेका छन् ।

उनले जेनजी आन्दोलन र अन्य राजनीतिक गतिविधिमा यस किसिमको हस्तक्षेप भएको दावी गर्दै युवाहरूलाई भ्रमित बनाइएको उल्लेख गरेका छन् ।

उनले डा.गोविन्द केसीको अनशन, विवेकशील पार्टी, उज्ज्वल थापा फाउन्डेशन, एनइडी तथा बारबरा फाउन्डेशनको भूमिका सार्वजनिक गर्दै वर्तमान सरकारमा विदेशी प्रभाव रहेको आरोप लगाए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.