काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको भाउ बढ्दा चाँदीको घटेको छ ।
आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढ्दा चाँदीको पाँच रुपैयाँ घटेको छ ।
मूल्य बढेसँगै आइतबार छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
सुनको भाउ गत साताको अन्तिम दिन शुक्रबारको प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
सुन गत असोज ३१ गते हालसम्मकै महंगो प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता गत शुक्रबार प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार घटेर तीन हजार ५५ निर्धारण भएको छ ।
चाँदी पनि गत असोज ३१ गते नै हालसम्मकै उच्च प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।
				
															



