पाेखरा । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको नेपालको मौसम क्रमशः सुधार हुँदै गएको छ ।
यद्यपि, पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही स्थानमा वर्षाको सम्भावना भने कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार, आइतबार दिउँसो गण्डकी, कोशी र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी, आज राति पनि गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ।
आइतबार राति गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको विभागद्वारा जारी माैसम बुलेटिनमा उल्लेख छ ।





