Nidan Media

घट्यो डिजेल र मट्टितेलको भाउ, पेट्रोल यथावत्

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलको भाउ भने यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेशनले शुक्रबार नयाँ खरिद मूल्य पठाएअनुसार नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।

त्यस्तै अवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ७ अमेरिकी डलर बढाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.