पाेखरा । रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा रुसी सेनाले दुई बस्ती नियन्त्रणमा लिएको छ ।
साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थल, रेलवे पूर्वाधार, गोलाबारुदका डीपो र अस्थायी तैनाती बिन्दुमा प्रहार गरेको मन्त्रालयले जनाएको छ । उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् ।
रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बम, तीन अमेरिकीमा निर्मित रकेट र ड्रोन खसालेको जनाएको छ ।
सोही दिन युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए ।
उनले पोकरोभस्क र कुपियान्स्कमा युक्रेनी सेनाले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ। एजेन्सी
				
															




