Nidan Media

नेप्सेमा ३४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३४दशमलव२२ अंकले बढेको छ । यसअघि लगातार तीन कारोबार दिन बढेको नेप्से बुधवार भने सामान्य करेक्सन भएको थियो ।

बुधबार २,५६६दशमलव१६ विन्दुमा झरेर रोकिएको नेप्से परिसूचक यसदिन २६००दशमलव३८ अंकमा उक्लेर रोकिएको हो । बिहीबार सेन्सेटिभ इन्डेक्स ५दशमलव४० अंकले बढेको छ भने फ्लोट इन्डेक्स २दशमलव३७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १दशमलव९३ अंकले बढेको छ । यसदिन पसिूचक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

आज कुल ३१९ स्टकको ५३ हजार ११२ पट्कको कारोबारमार्फत ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता शेयर कारोबार भएको छ ।

यसअघि बुधबार ५ अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन गुराँस लघुवित्त वित्तिय संस्था लिमिटेड र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

गुराँस लुवित्तको शेयर प्रतिकित्ता १० प्रतिशतले बढेर २३१० रुपैयाँमा अन्तिम कारोबार भएको छ भने उन्नती सहकार्य लघुवित्तको शेयर पनि मूल्य प्रतिकित्ता १० प्रतिशतले नै बढेर २००२दशमलव१० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, यस दिन सुपर माई हाईड्रो पावर, गणपति लघुवित्त र पिपुल्स हाईड्रोपावर कम्पनीकोे शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज एनआईबिएल सवल फण्डको इकाई मूल्य सर्वाधिक घटेको छ । यस म्यूचूअल फण्ड ५दशमलव७० प्रतिशतले घटेको हो भने सानिमा ग्रोथ फण्डको इकाईमूल्य ५दशमलव२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन बैंकको संस्थापक शेयर सर्वाधिक बढेको छ । सो कम्पनीको यस दिन एक अर्ब ६६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने म्यूचुअल फण्ड समूहको परिसूचक घटेको छ ।

यस दिन हाईड्रोपावर उपसमूहको परिसूचक सर्वाधिक २दशमलव६७ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढीले बढेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.