पाेखरा । बैतडीमा गए राति जीप दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् ।
शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका वडा नं ७ स्वाखानीमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते भएकी मेलौली नगरपालिका वडा नं २ की २३ वर्षीया तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ।
चार जना घाइतेलाई भने थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएकाे छ।





