Nidan Media

केपी ओली नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन् ।

काठमाडौँमा बुधबारबाट शुरू भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा उनले यस्तो आराेप लगाएका हुन् ।

अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएको भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नुबाहेक अरू केही नभएको जिकिर समेत गरे ।

एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसै कारण आफूहरूले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको स्पष्ट पारे ।

सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्यूत गर्ने काम जेन-जी आन्दोलनले गरेको भन्दै अध्यक्ष नेपालले ओलीको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता नभएको बताए ।

ओलीको पार्टी सञ्चालनको तरिकाको बारेमा पनि आफूहरू सबै भुक्तभोगी भएको अध्यक्ष नेपालले बताए ।

ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताकै बेलामा नेकपा एस निर्माण गर्नुपरेको समेत अध्यक्ष नेपालले स्पष्ट पारे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.