Nidan Media

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

पाेखरा । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटना भएको छ । सोलुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको भएको हो ।

बुधबार बिहान अवतरण गर्ने क्रममा हेलिप्याडमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट विवेक खड्कामात्र रहेका थिए ।

उनी सकुशल रहेको बताइएको छ । बिहान सवा ८ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

उक्त हेलिकोप्टर बिहान ७ः४३ बजे लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.