पोखरा । नेपाली बजारमा बुधबार पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्दा चाँदीको भने ४५ रुपैयाँले बढेको छ ।
मंगलबार प्रतितोला दुई लाख ३७ हजारमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार घटेर ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यस्तै, मंगलबार दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार दुई हजार नौ सय ६५ रुपैयाँ कायम भएको छ ।




