Nidan Media

नेपालमा आजबाट पश्चिमी वायुको प्रभाव, देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा आजबाट पश्चिमी वायुको आंशिक प्रभाव देखिन थालेको छ ।

मनसुन प्रणाली बाहिरिएसँगै खासै कुनै पनि मौसम प्रणालीको प्रभाव नरहेकोमा मौसमी प्रणालीमा केही परिवर्तन देखिएको हो ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.