Nidan Media

मैत्रीपूर्ण फुटबल खेल्न भारत जाँदै नेपाली महिला फुटबल टोली

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले भारतको शिलोङमा आयोजना हुने मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

नेपाली टोलीले यही कात्तिक ७ गते इरान र १० गते भारतसँग मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।

त्यसपछि १३ कात्तिकमा भारतसँग एक अनअफिसियल खेल पनि हुनेछ । फिफाको वरियतामा भारत ६३औँ, इरान ७०औँ तथा नेपाल ८९औँ स्थानमा छन् ।

उक्त खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा दुई जना नयाँ खेलाडी परेका छन् भने तीन खेलाडीले पुनरागमन गरेका छन् । नेपाली टोली बुधबार भारत प्रस्थान गर्नेछ ।

भारत जाने नेपाली टोलीमा सावित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला बिक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मीना देउवा, निशा थोकर, प्रीति राई, प्रतीक्षा चौधरी, पूजा राना, पूर्णीमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रम गरी भारत जाने नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ । टोल बुधबार भारत प्रस्थान गर्ने बताइन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.