चितवन । चितवनमा मंगलबार बिहान स्कुटर दुर्घटना हुँदा दुई युवाको ज्यान गएको छ ।
विमानस्थल नजिकै स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना स्कुटर चालक भरतपुर महानगरपालिका वडा नं २१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याउने बित्तिकै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।