Nidan Media

युक्रेन-रुस युद्ध अन्त्य गर्न दुबै पक्षले तत्काल युद्ध रोक्नुपर्छः डोनाल्ड ट्रम्प

पोखरा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रुस युद्ध अन्त्य गर्न दुबै पक्षले युद्ध तत्काल रोक्न आह्वान गरेका छन्। युक्रेनको विजय सम्भव भए पनि हालको परिस्थितिमा त्यसमा विश्वास गर्न गाह्रो भइरहेको उनले बताएका छन्।

ट्रम्पले युक्रेनले गुमाएको भूभाग फिर्ता लिन सक्ने कुरामा आफू आशावादी भएको अवस्थामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको लामो संवाद र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलान्स्कीसँगको प्रत्यक्ष भेटपछि आफ्नो धारणा केही बदलिएको बताए ।

उनले हालको अवस्थामा युद्ध रोकिने हो भने शान्तिपूर्ण समाधानको सम्भावना बढ्ने स्पष्ट पारे ।

ट्रम्पले थपे, “मैले कहिल्यै युक्रेन युद्ध जित्छ नै भनेको थिइनँ, मैले भनेको थिएँ कि उनीहरू जित्न सक्छन्। तर युद्ध स्वभावतः अनिश्चित र जटिल हुन्छ ।”

राष्ट्रपति जेलान्स्कीले ट्रम्पसँगको भेटलाई ‘सकारात्मक’ बताएको छ । यद्यपि, उनले रूसी पक्षले युक्रेनका क्षेत्रहरू पूर्णरूपमा छोड्नुपर्ने माग दोहोर्याएको ट्रम्पले जानकारी दिए ।

टोमहक क्षेप्यास्त्र प्रणालीबारे ट्रम्पले हाललाई संयम अपनाउने संकेत गरेका छन्। अवस्था अझ जटिल नहोस् भन्ने उद्देश्यले यसबारे तत्काल निर्णय नलिने धारणा व्यक्त गरेका हुन् ।

जेलान्स्कीले पुटिनसँग हुन लागेको आगामी वार्तालाई शान्तिपूर्ण समाधानतर्फको सकारात्मक संकेतको रूपमा लिएको बताए। साथै, अमेरिकाबाट प्याट्रियट हवाई रक्षा प्रणाली प्राप्त गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

उनले भने, “हामी राष्ट्रपति ट्रम्पको सकारात्मक सोचको कदर गर्छौं, यदि यसले युद्ध अन्त्यका लागि सहयोग पुर्याउँछ भने।”

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.