Nidan Media

चलचित्र ‘१२ गाउँ’ सिनेमाघर एपमार्फत हेर्न पाइने

काठमाडौँ । नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा सार्वजनिक गरिएको छ ।

यो चलचित्रले अघिल्लो वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल भएको थियो ।

‘१२ गाउँ’ चलचित्र सोमबार लक्ष्मीपूजाको अवसर पारेर ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मार्फत रिलिज गरिएको हो । यो चलचित्रलाई दर्शकले दुई सय ९९ रुपैयाँमा विश्वभरबाट हेर्न पाउनेछन् ।

चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ ।

साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भासहितका कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन् ।

ओटीटी प्लेटफर्म सिनेमाघरमा अहिले चलचित्र पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो, फेरी रेशम फिलिलीलगायतका चलचित्र स्ट्रिमिङ भइरहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.