Nidan Media

विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि 

कञ्चनपुर। इजरायल-हमास युद्धका क्रममा मृत्य भएका विपिन जोशीको मंगलबार महाकाली नदी किनारस्थित भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

विपिनको सम्मानमा सशस्त्र प्रहरी एक टुकडीले सलामी अर्पण गरेको थियो । विपिनको पार्थिव शरीरमा बुबा महानन्द, ठूलो बुबा रामदत्त र अम्बादत्तले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।

शव हस्तान्तरण गर्न उनको घर पुगेका नेपालस्थित इजरायली दूतावासका अधिकारीसहितले मंगलबार बिहान शवयात्रा निकालेर महाकालीको भुजेलाघाटमा विपिनकाे अन्त्येष्टि गरिएको छ ।

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट शुरू भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, आफन्तजन, इष्टमित्र, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, नगर प्रहरीलगायत सहभागी थिए ।

विपिनको शव सोमबार अपरान्ह इजरायलबाट काठमाडौँ ल्याइएको थियो । त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीलगायतले श्रद्धाञ्जली अर्पण गरेपछि नेपाली सेनाको स्काई ट्रकबाट धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ३ भाषीस्थित घर पुर्‍याइएको थियो ।

विपिन सन् २०२३ मा सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।

इजरायल-हमास युद्धका क्रममा विपिन गत २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। शवसँगै इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख रहेकाे बताइन्छ ।

भीमदत्त नगरपालिका वडा नं ३ का वडाध्यक्ष गगनसिंह धामीले आफूहरू दुई वर्षदेखि विपिन जीवितै छन्, सकुशल फर्किएर आउँछन् भन्ने आशामा बसिरहेका अवस्थामा केही दिन अघि अपत्याशित दुःखद् खबर आउँदा सबै देशवासी भावविह्वल भएको बताए ।

वडाध्यक्ष धामीको स्मरणमा विपिन एक होनाहार युवा थिए । उनी क्रिकेट र म्युजिकतर्फ अत्यन्तै झुकाव व्यक्ति भएको वडाध्यक्ष धामी बताउँछन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.