Nidan Media

आज दुई प्रदेशमा वर्षा हुने

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ । आज राति देशभर मौसम मुख्यतया सफा रहनेछ ।

बुधवार भने सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.