Nidan Media

विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई युवा प्रहरी फन्दामा

पोखरा । पोखरामा धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गर्ने दुई जना प्रहरी फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिकावडा नं ८ का २४ वर्षीय नवीन विक र तनहूँ व्यास नगरपालिका वडा नं ५ का २१ वर्षीय विशाल दर्लामी छन् ।

पोखरा महानगरपालिका वडा नं २२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार घटना बारेको सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.