Nidan Media

कानूनी प्रक्रिया पूरा गर्न लाग्दा भ्रष्टाचारीलाई कार्वाही गर्न ढिलाईः शिक्षामन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचारीलाई पक्रिन र कारबाही गर्नका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले काम ढिला भइरहेको बताएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो बताएका हुन् ।

उनले आम जनताले ‘यो सरकारले भ्रष्टाचारीलाई छुन पनि सकेन’ भन्न थालेको टिप्पणी गरेको भन्दै कानूनी प्रक्रिया मिलाउने क्रममा काम ढिला भएजस्तो, काम नगरेजस्तो देखिए पनि काम भने भइराखेको बताए ।

भ्रष्टचारीलाई पक्रिने, कारबाही गर्ने, बिनाआधार पक्रिएर कारबाही गर्ने भन्ने चाहीँ नहुने भन्दै मन्त्री पुनले त्यसका लागि सबै कानूनी प्रक्रिया पुर्याउनु पर्ने स्पष्ट पारे ।

‘कानूनी प्रक्रिया पुर्‍याएर पक्राउ गर्ने आधारसम्म गएर बल्ल पक्राउ गरेर त्यसपछि न छानविन हुने हो’, उनले भने, ‘आम जनताको आवाज हामीलाई पनि थाहा छ, सुनिराखेका छौँ, आम जनताको आवाज अहिलेको सरकारले भ्रष्टाचारीलाई केही छुन पनि सकेन भन्ने कुरा छ । छुन सकेन होइन, जो-जो भ्रष्टाचारी छन्, तिनीहरुलाई पक्राउ गर्नका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्यो ।’

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.