काठमाडौँ । नेपाली बजारमा लक्ष्मी पूजाको दिन सोमबार सुनचाँदीको भाउ सामान्य वृद्धि भएको छ ।
सोमबार सुन तोलामा तीन सय र चाँदी पाँच रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ गत शुक्रबार हालसम्मकै उच्च प्रतितोेला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउसमेत गत शुक्रबार हालसम्मकै उच्च तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।