सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका वडा नं ३, मुसहर्निया का ३५ वर्षीय दिलीपकुमार मण्डल छन् ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी)ं डम्बरबहादुर पुरीका अनुसार मण्डललाई आफ्नै बारीमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।