Nidan Media

धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, नाै घाइते

कैलाली । कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान घटनास्थलमै गएको छ भने नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका वडा नं ४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउद छन् ।

घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ ।

जसमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा छन् ।

बर्दगोरिया गाउँपालिका वडा नं ४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा दुर्घटना भएको हो ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.