Nidan Media

यमपञ्चक तिहारः संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व

पाेखरा। तिहार हाम्रो हिन्दू धर्मावलम्बीको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिकशुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाश जस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।

तिहारका पाँच दिनले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन नर्व चतुर्दशी वा गाईपूजा, चौथो दिन लक्ष्मी पूजा र पाँचौं दिन भाईटीका वा दाजुभाइ-दिदीबहिनीको सद्भाव र प्रेमको पर्व मानिन्छ ।

यमपञ्चकका यी पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ-दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बीच भाइटीका लगाउने परम्परा छ ।

लक्ष्मी पूजाको दिनलाई सम्पन्नताको प्रतिक मानिन्छ । माता लक्ष्मीको पूजा अँध्यारो रातमा वा बेलुकामा गरिन्छ र यस दिन घर-आँगनमा दीप प्रज्वलन गरी समृद्धिको कामना गरिन्छ । भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइको लामो उमेर र कल्याणको कामना गर्दै टीका लगाउने र उपहार दिने प्रचलन छ । यसरी तिहार केवल देवी-देवताको पूजामात्र नभएर दाजुभाइ-दिदीबहिनीको सम्बन्धलाई सुदृढ बनाउने सामाजिक पर्व पनि हो ।

यस पर्वले प्राकृतिक चक्र, ऋतु परिवर्तन र जीवनका सुख-दुःखसँग सम्बन्धित महत्वपूर्ण सन्देश पनि दिन्छ । शरदकालको अन्त्य र हेमन्त ऋतुको आगमन, कृष्ण-शुक्ल पक्षको क्रम र यमराजसँगको दिदी-भाइको सम्बन्ध पर्वको पौराणिक र धार्मिक अर्थलाई अझ प्रगाढ बनाउँछ । यमपञ्चकका यी पाँच दिनमा मृत्यु भए पनि त्यसले नर्कमा नभई स्वर्गमा जाने विश्वास छ । यसले मानिसमा धर्म, नैतिकता र सामाजिक सम्बन्धको महत्वबोध गराउँछ ।

तिहार हिन्दू धर्मावलम्बीका लागि बहुआयामिक, सांस्कृतिक, धार्मिक र सामाजिक पर्व हो । यो पर्व प्रकृति पूजक परम्परामा आधारित छ र सनातन धर्मको जीवित प्रतीकको रूपमा रहँदै आएको छ । तिहार केवल पूजा र उत्सवको दिन मात्र नभएर, यो पर्व परिवार, प्रेम, सद्भाव र सामाजिक समृद्धिको पनि पर्व हो ।

यमपञ्चक भन्नु नै यमपास दण्ड जसलाई हामी दक्षिणका देवताका रुपमा यमराजलाई मान्दछौँ । पृथीवी तत्वअन्तर्गत यम र यमुना भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मीएका यमराज हुन् । जसलाई यमहः पनि भनिन्छ र उनकी बहिनी यमुना बीच यो पाँच दिनको पर्व मनाइन्छ । यी दिदीभाइ बीचको प्रेमको रुपमा मनाउने गरिन्छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.