Nidan Media

चोरमारामा बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमानसहित दुई घाइते

नवलपुर । नवलपुरको चोरमारा बजारमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार ३० वर्षीया अनिता चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पश्चिमतर्फ जाँदै गरेको जिजे १४ जेड ६४६५ नम्बरको भारतीय बसले सोहीदिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ७२३० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि बस्ने चौधरीको मृत्यु भएको हो ।

अनिताका श्रीमान् मोटरसाइकल चालक सर्लाहीको लालबन्दी-४ का ३४ वर्षीय नरेश चौधरी र उनका १० वर्षीय छोरा अनुज चौधरी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक मधु नेपालले जानकारी दिए ।

घाइते दुवैको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको जनाउँदै उनले भारतीय यात्रुवाहक बस र चालकलाई प्रहरी चौकी तम्सरियाले नियन्त्रणमा लिएको बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.