Nidan Media

झाँझ नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट । रौतहटको झाँझ नदीमा नुहाउन गएका दुई बालकको डुबेर ज्यान गएको छ ।

मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका वडा नं ३ का १० वर्षीय निरज साह र १० वर्षीय अर्जुन साह छन् ।

गरुडा नगरपालिका वडा नं ५ शिवनगरस्थित झाँझ नदीमा शनिबार डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार नदीमा बालकहरू डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गरी शिवनगरस्थित संजिवनी अस्पताल पुर्‍याएका थिए ।

तर, चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको प्रहरीको भनाइ छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.