Nidan Media

सात ओटा सवारी साधन आपसमा ठक्कर खाँदा २१ जना घाइते

पाेखरा। चितवनमा आज बिहान सात सवारीसाधन एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन् ।

आज बिहान ७ः३० बजे भरतपुर महानगरपालिका वडा न‌ं २९ गाइघाटमा साे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको डीएसपी खानलले जानकारी दिए ।

मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीततर्फबाट आउँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६-००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।

घाइते भएकामध्ये १३ जना नेशनल सिटी अस्पतालमा, चार जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको डीएसपी खानलले जानकारी दिए । दुर्घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.