सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।
आजको पञ्चाङ्ग
मिति २०८२ कात्तिक १ गते शनिबार, इस्वीसंवत अक्टोबर १८ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कात्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिककृष्णपक्षको द्धादशी तिथि दिनमा १ः२१ मिनेटसम्म त्यसपछि त्रयोदशी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाफाल्गुनी दिनमा ४ः५६ मिनेटसम्म त्यसपछि उत्तराफाल्गुनी नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा ब्रम्ह ५५ घटि ३७ पलासम्म त्यसपछि ऐंन्द्र योग लाग्नेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा लुम्व रहनेछ ।
सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । आज दिनमान २८ घटि ३० पला अर्थात ११ घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ६ः०६ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ५ः३० बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ३ः०६ बजे र अस्ताउने समय भोलि दिनमा ३ः४७ बजे रहेको छ । आज धन त्रयोदशी व्रत, तुला संक्रान्ति, शनि प्रदोष व्रत गर्ने दिन रहेको छ ।
आजको राशिफल
मेषः आजको दिनमा धनलाभ हुन सक्नेछ आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । आफन्तसँग भेटघाट हुँदा तपाईको मनमा खुसी छाउने छ । परिवारका सदस्यलाई कुनै नयाँ अध्ययन सामग्री खरिद गरेर दिँदा पनि राम्रो हुनेछ । दिनमा १ बजेपछि परिवार र दाम्पत्यजीवनमा साथ सहयोग भएपनि यात्रा गर्दा कष्ट हुनेछ । आज सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्नेछ । आज टाढा यात्रा झुक्किएर पनि नगर्नुहोला ।
वृषः आज मनमा निराशा छाउने छ । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ हुनेछ । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला । दिनमा १ बजेपछि विगतमा गरेको लगानीबाट मनग्य आम्दानी मिल्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । घरमा नयाँ कार्यको थालनी हुने खबरले उत्साह थपिने छ । बंगलामुखी दर्शनले दाम्पत्य जीवनमा खुसियाली छाउने छ ।
मिथुनः आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुन सक्नुहुनेछ । कसैप्रति वैरभाव राखेर काम नगर्नुहोला । दिनमा १ बजेपछि घर, परिवार र आफन्तसँग केही विषयमा विवाद हुन सक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।
कर्कटः आजको दिन मन अशान्त र निराश हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । कसैसँग विवाद र झगडा पनि नगर्नुहोला । बिहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । त्यसैले आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।
सिंहः आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । तर दिनमा १ बजेपछि परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ । त्यसैल कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले कसैसँग विवाद नगर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ । आजको दिन टाढाको यात्रामा पनि नगर्दा उत्तम हुनेछ ।
कन्याः आजको दिन शुभ रहेको छ । तपाईले काम गर्दै आउनुभएको क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । साना कन्यालाई भोजन र केही खानेकुरा र बस्त्र दान दिनुहोला । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । तर दिनमा १ बजेपछि समय खराब चल्ने भएकाले कसैलाई पनि हानी हुने काम नगर्नुहोला ।
तुलाः आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउन सक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।
वृश्चिकः आजको दिन यात्रा अवरोध आउन सक्छ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । तपाईमाथि अनावश्यक आरोप नलाग्दा भन्न सकिन्न, त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यता आवश्यक छ । तर दिनमा १ बजेपछि मानसम्मान मिल्न सक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुन सक्छ । मनमा प्रशन्नता र उत्साह बढ्ने छ । आज तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । तपाईको कामबाट सफलता प्राप्त हुनेछ ।
धनुः आज गरिरहेको कामबाट धनलाभ हुनेछ । सोचअनुसारको काम पनि हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । मनमा सन्तोष छाउने छ । दिनमा १ बजेपछि आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । मनमा शन्तिका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । कसैसँग विवाद गर्दै नगर्नुहोला । यात्रा पनि नगर्दा नै राम्रो हुने देखिन्छ ।
मकरः आज अर्थ लाभ हुने संभावना छ । कसैलाई सापटी दिनुभएको छ भने आज प्राप्त हुनसक्छ । बिहान सूर्योदयको दर्शन गरेमा सोचेअनुसारको काम हुनेछ, नयाँ काम गर्न सक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ । परिवारका सदस्यहरु बीच सम्बन्ध प्रगाढ हुने दिन पनि आज रहेको छ । तर, दिनमा १ बजेपछि मन अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ । ढाटाको यात्रामा पनि धनमाल हराउन सक्छ, त्यसैले सचेत गर्नुहोला ।
कुम्भः आजको दिन यात्राले मनमा प्रशन्नता छाउने छ । सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । सम्मानले दाम्पत्य जीवनमा पनि खुसियाली छाउने छ । आजको दिन कुनै नयाँ काम गर्न सक्नुहुनेछ । नयाँ कार्यको थालनी पनि गर्न सक्नुहुनेछ । तर दिनमा १ बजेपछि स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।
मीनः आज नयाँ कामको शुरुवात गर्नुभयो भने अत्यन्तै राम्रो हुनेछ । शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ । आजको दिन कुनै नयाँ पुस्तक खरिद र लेखनका काम गर्न सक्नुहुनेछ । विद्यार्थी वर्गले आजको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ । तर दिनमा १ बजेपछि भने मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला । ढाटाको यात्रामा ध्यान दिनुहोला । आर्थिक कारोबार भने नगर्दा नै राम्रो हुनेछ । खानपिनमा पनि विशेष ध्यान दिनुपर्ने ग्रहयोग देखिन्छ ।
साहित (यात्रा): सूर्य तुला राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ६ः०४ बजेदेखि ७ः३० बजेसम्म काल बेला
बिहान ७ः३० बजेदेखि ८ः५६ बजेसम्म शुभ बेला
बिहान ८ः५६ बजेदेखि १०ः२२ बजेसम्म रोग बेला
बिहान १०ः२२ बजेदेखि ११ः४८ बजेसम्म उद्धेग बेला
दिनमा ११ः४८ बजेदेखि १ः१५ बजेसम्म चर बेला
दिनमा १ः१५ बजेदेखि २ः४१ बजेसम्म लाभ बेला
दिनमा २ः४१ बजेदेखि ४ः०७ बजेसम्म अमृत बेला
दिनमा ४ः०७ बजेदेखि ५ः३३ बजेसम्म काल बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ५ः३३ बजेदेखि ७ः०७ बजेसम्म शुभ बेला
साँझ ७ः०७ बजेदेखि ८ः४१ बजेसम्म रोग बेला
राति ८ः४१ बजेदेखि १०ः१५ बजेसम्म उद्धेग बेला
राति १०ः१५ बजेदेखि ११ः४९ बजेसम्म चर बेला
राति ११ः४९ बजेदेखि १ः२३ बजेसम्म लाभ बेला
राति १ः२३ बजेदेखि २ः५७ बजेसम्म अमृत बेला
रातिमा २ः५७ बजेदेखि ४ः३१ बजेसम्म काल बेला
रातिमा ४ः३१ बजेदेखि ०६ः०५ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।